neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आवास पुननिर्माणको लागि लाभग्राहीले २०७८ वैशाख मसान्तसम्ममा अन्तिम किस्ता लिन सक्ने

आवास पुननिर्माणको लागि लाभग्राहीले २०७८ वैशाख मसान्तसम्ममा अन्तिम किस्ता लिन सक्ने

Nov 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौं , कार्तिक २२

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिन पाउने समयसीमा थप गरेको छ । शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी नयाँ तथा अन्तिम समयसीमा तय गरेको हो।

प्राधिकरणको निर्णय अनुसार लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ ।

सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।

त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार प्राधिकरणको कार्यावधि नै सकिनँ लागेकोले यो नै अन्तिम समयसीमा हुने छ ।

त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईमा निवेदन दिन पनि अनुरोध गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi