neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको व्यवसायिक कृषि तथा पशुपालन कर्जा सुरु

सिद्धार्थ बैंकको व्यवसायिक कृषि तथा पशुपालन कर्जा सुरु

Nov 6th, 2020

काठमाडौ, कात्र्तिक २१

सिद्घार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पु¥याउने उद्देश्यका १० करोड रुपैयाँसम्मको कर्जा सुविधा सहजरूपमा प्रदान गर्न “व्यवसायीक कृषि तथा पशुपालन कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो । कृषि क्षेत्रको विकासमा मध्यनजर गर्र्दै बैंकले प्रवाह गर्ने यस कर्जासुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको रहेको छ ।

यो सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमाअधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यसकर्जा योजनाका प्रमुख विशेषताहरूमा १० करोड रुपैयाँसम्मको कर्जा सुबिधा, प्रशासनिक एवं नवीकरण शुल्क नलाग्न र १५ वर्ष सम्मको कर्जा अवधि (ब्याज अनुदान पाँच वर्ष सम्म प्राप्त हुने) लगायतका रहेकाछन । यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहक समक्ष ल्याईएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।

यो कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१(५९७००२० मा सम्पर्क गर्न बैंक सबै ग्राहकहरुलाई अनुरोध गरेको छ ।