neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nov 6th, 2020

काठमाडौं, कात्र्तिक २१

ललितपुरमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ४ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई सोही ठाउँस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी सप्तरीमा पनि ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनी नगरपालिका-४ बाँसघारी बस्ने ४५ वर्षीय सोगिन्दर रामलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi