neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चरेस सहित ४ जना पक्राउ

Nov 5th, 2020

काठमाडौं, कात्र्तिक २०

काठमाडौ महानगरपालिका ७ गौरीघाट क्षेत्रबाट अवैध लागूऔषध चरेश १.८ केजी सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुङ्गा पात्ले गाउँपालिका-९ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका-८ घर भई काठमाडौं गुर्जुधारा बस्ने १७ वर्षीय किशोर, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्सा ठोरी गाउँपालिका-५ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दिपक तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त चरेश सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi