neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

Nov 5th, 2020

काठमाडौ, कात्र्तिक २०

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेलाई मानार्थ महारथीबाट सुशोभित गरेकीछन । राष्ट्रपति भण्डारीले आज बिहिबार साँज आयोजित एक समारोहमा सेनाध्यक्ष पिभिएसएम, एभिएसएम, एसएम, भिसएम, एडिसी नरवणेलाई राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन ।

उक्त समारोहमा सम्माननीय राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी थिईन । नेपाल–भारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

उक्त समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति रहेको थियो । आजै साँझ प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले उनको सम्मानमा जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेकाछन ।