neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युभेन्ट्सको शानदार जित,मोरोटाले गरे दुई गोल

युभेन्ट्सको शानदार जित,मोरोटाले गरे दुई गोल

Nov 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २० कात्तिक

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले शानदार जित निकालेको छ। बुधबार राति समूह (जी)को खेलमा युभेन्ट्सले फेरेन्सभेरोस लाई ४–१ ले गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन अल्वारो मोरोटाले दुई गोल र पाउलो डिबालाले एक गोल गरेका थिए ।युभेन्ट्सले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

खेलको ७ औं मिनेटमा अल्वारो मोरोटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६० औं मिनेटमा मोरोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ६० औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।८१ औं मिनेटमा फेरेन्सभेरोसका लाशा डिभलीले आत्मघाती गोल गरेपछि युभेन्ट्स ४-० ले अघि बढ्यो ।त्यसपछि खेलको अतिरिक्त समयको इन्जुरी समयमा फेरेन्सभेरोसका फ्रान्क्क बोलिले एक गोल फर्काए ।

जितसंगै समूह (जि)मा रहेको युभेन्ट्सले ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ। शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi