neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोभिड–१९ विरुद्ध नागरिक अभियानको शुभारम्भ

कोभिड–१९ विरुद्ध नागरिक अभियानको शुभारम्भ

Nov 4th, 2020

काठमाडौ, कात्र्तिक १९

कोभिड–१९ विरुद्ध नागरिक अभियानको शुभारम्भ भएको छ । काठमाडौ उपत्यका लगायत मुलकभर तिव्र गतिमा कोभिड–१९ को महामारीको प्रकोप बढिरहेको सन्दर्भमा यसलाई न्यूनिकरण गर्नका लागि जनसमुदायमा सुरक्षाका मापदण्ड पालना गर्न प्रेरित गर्ने उदेश्यले सञ्चालित कोभिड–१९ विरुद्ध नागरिक अभियानको आज आयोजित एक कार्यक्रममा विच शुभारम्भ गरिएको हो ।

कार्यक्रमको समुद्घाटन गर्दै नागार्जुन नगरपालिका नगरप्रमुख मोहन बहादुर बस्नेतले सरकारले महामारीलाई गम्भिरतापूर्वक लिएको वताउदै स्थानीय श्रोत साधनले भ्याएसम्म जनतालाई अधिकतम सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै पेशागत संघसंगठनको यस प्रयासको उच्च सराहना गर्दे सरकार सहकार्यका लागि सदैव तयार रहेको बताए । राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुश कुमार जोशीले विश्वव्यापी महामारीबाट मुलुकले व्यहोरिरहको अकल्पनिय परिस्थितिबाट निजी क्षेत्र अत्यन्त गम्भिर भएको र न्युनिकरण र रोकथामका लागि सक्रिय योगदान पुरयाइरहेको वताउदै सवै पक्ष उत्तिकै जिम्मेवार एवं सम्वेदनशिल भई अघि बढनुपर्नेमा जोड दिए । निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णपालना गरी व्यवसायिक क्रियाकलाप अगाडी बढाउन सम्पूर्ण व्यवसायिक क्षेत्रलाई आग्रह गर्दै आम सर्वसाधारणलाई समेत यसको पुर्ण पालनामा ध्यान दिन जोड दिए ।

साथै उनले वर्तमान अवस्थालाई गम्भिरतापूर्वक नलिए स्थिति थप भयावह हुने तर्फ सरकारको ध्यानाकर्षण गराए । यसै गरी पिपुल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक प्रा.डा. शरद वन्तले मुलुकमा थप भयावह अवस्था आउन नदिन सरोकारवाला सवैको सहयोग र सहकार्यको अपरिहार्यतमा जोड दिदै आमनागरिक समेत सुसुचित हुन आग्रह गरे । त्यसैगरी नेपाल जनस्वास्थ्य संघका अध्यक्ष श्री श्रीकृष्ण भट्टले जनसाधारणलाई कोभिड १९ रोकथामका लागि सुरक्षा मापदण्डलाई दिगो र प्रभावकारी रुपमा लागु गर्न यस किसिमको महत्वपूर्ण कार्यको थालनी गरिएको बताए ।

स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरु परिचालन गरी उपत्यकाका प्रमुख व्यापारिक केन्द्रहरु तथा प्रमुख बजार र क्रमश यातायात क्षेत्र र अन्य व्यस्त कार्यालयहरुमा चरणवद्ध रुपमा संचालन गरिने यस अभियान राष्ट्रिय व्यवसायिक पहल एनबिआईको सहकार्यमा नेपाल जनस्वास्थ्य संघ, नेपाल चिकित्सक संघ तथा पिपुल्स हेल्थ मुभमेन्ट नेपालको समन्वयमा सञ्चालन गर्न लागिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi