neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा थपिए १ हजार ८७८ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १ हजार ८७८ जना कोरोना संक्रमित

Nov 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १९ कात्तिक

बुधवार काठमाडौंमा उपत्यकामा थप १ हजार ८७८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार ८७८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १ हजार ५७० जना, ललितपुरका १८९ र भक्तपुरका ११९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि मंगलबार उपत्यकामा १ हजार ४६८ सङ्क्रमित थपिएका थिए। हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको छ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ। बुधवार मात्रै ३० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi