neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित पक्राउ

Nov 4th, 2020

बाँके, १९ कात्तिक

कोहलपुर नगरपालिका-११ बसपार्कस्थित न्यू राप्ती होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ फिट २ ईन्च लम्बाई भएको १ थान छाला सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेत बराहताल गाउँपालिका-५ बस्ने २७ वर्षीय गणेश नेपाली, सोही स्थान बस्ने २८ वर्षीय लाल बहादुर नेपाली, दैलेख चामुण्डाबिन्द्रा नगरपालिका-५ बस्ने २२ वर्षीय दिनेश कार्की र सोही स्थान बस्ने २७ वर्षीय उमेश बहादुर थापा रहेका छन् ।

उक्त होटलमा रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उनीहरू बसेको कोठाबाट उक्त छाला फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi