neapl investment mega bank
  • गृहपृष्ठ
  • कुमारी बैंकका ग्राहकलाई पवन मिठाई भण्डारमा पाँच प्रतिशत छुट

कुमारी बैंकका ग्राहकलाई पवन मिठाई भण्डारमा पाँच प्रतिशत छुट

Nov 4th, 2020

काठमाडौ, कात्र्तिक १९

कुमारी बैंकका ग्राहकले पवन मिष्ठान अन्तर्गतका मिठाई पसलका खाद्यवस्तु किन्दा पाँच प्रतिशत छुट पाउने भएका छन । ग्राहकले गुणस्तरीय मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी हर्षोल्लासका साथ तिहार मनाउन सकुन् भन्ने अभिप्रायले बुटवलस्थित पवन मिष्ठान भण्डारसँग उक्त सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवन कुमार हलवाईले हस्ताक्षर गरेकाछन । बैंकले देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ ।