काठमाडौ, कात्र्तिक १८
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तुल्सीपुरको दाङमा तेश्रो गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर सुरु गरेको छ । डडेलधुराबाट पहिलो गार्डेन मार्ट संचालनमा ल्याएको संस्थाले दोश्रो पटक भक्तपुरको कमलविनायकमा गार्डेन मार्ट सुरु गरेको थियो । उक्त मार्टमा दैनिक उपभोग्य लगायत अन्य आवश्यक सामग्रीहरु सुपथ मुल्यमा उपलब्ध छन् ।
स्थानीयबासीलाई सर्वसुलभ सेवा दिने उद्देश्यले मार्टको सञ्चालन गरेको जनाइएको छ । मार्टमा दैनिक उपभोग्य सामानहरुदेखि अन्य विविभन्न सामानहरु शुपथ मूल्यमा पाइन्छ । त्यहाँं स्थानीयलाई रोजगारी दिइएको जनाइएको छ ।
संस्थाले २०७७ साल भरमा उपत्यकामा ५० बटा र नेपाल भर २०० बटा संचालन गर्ने तयारी गरी रहेको छ । यसबाट स्थानिय स्तरमा रोजगारी सृजनाहुनुका साथै सहकारी संस्थाका सदस्यलगायत उक्त क्षेत्रका आम उपभोक्तालाई एउटै छाता मुनी बाट उपभोग्य सामग्रीको प्राप्ती सुपथ मुल्यमा हुने भएकोले समय र पैसाको वचत हुने शिव शिखर बहउद्देश्यीय सहकारी संस्था लि.का मुख्य प्रवन्धक लिलानाथ गौतमले जनाए ।