neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३११४ जनामा कोरोना सङ्क्रमण पुष्टि, मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

थप ३११४ जनामा कोरोना सङ्क्रमण पुष्टि, मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

Nov 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ कात्तिक

मंगलबार थप ३११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार १६६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार १६६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १ हजार २७७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६  छ। हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ३१४२ जना डिस्चार्ज

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर ७८.६ प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टामा ३१४२ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ। मंगलबार मात्रै २० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ।