neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एक्सन एड नेपालद्वारा एक करोड ६२ लाख रुपैयाँको स्वास्थ सामाग्री हस्तान्तरण

एक्सन एड नेपालद्वारा एक करोड ६२ लाख रुपैयाँको स्वास्थ सामाग्री हस्तान्तरण

Nov 3rd, 2020

काठमाडौ, कात्र्तिक १८

एक्सन एड नेपालद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ करोड ६२ लाख बराबरको ९,४५७थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपईि) हस्तान्तरण गरेको छ । कोरोना संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि आज मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९,४५७ थान व्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले १ करोड ६२ लाख ४३ हजार ३ सय ४३ रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेका हुुन । हस्तान्तरण कार्यक्रममा बोल्दैस्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामाग्रीले कोरोना संक्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यी सामाग्रीहरुलाई मन्त्रालयले आवश्यकता रहेका ठाउँमा पठाउनेछ, सचिव अर्यालले भन्नुभयो, अहिलेको परिवेशमा स्वास्थ्यकर्मीलाई आफु जोगिएर कोरोना संक्रमणबाट अरुलाई जोगाउन महत्वपुर्ण भूमिका खेल्नेछ । यसैगरी कार्यक्रममा बोल्दै समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले गैरसरकारी संस्थाहरुलाई कोभिड लक्षित कार्यक्रमहरु बनाउनको लागि अनुरोध गरिएको स्मरण गर्दै एक्सनएडले सोही अनुसार सामाग्री हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे । उपाध्यक्ष डा. खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सामाग्री हस्तान्तरण गरिएकाले आवश्यकता भएका स्वास्थ्यकर्मीले सामाग्री प्राप्त गरि कोरोना विरुद्धको अभियानमा सहयोग पुग्ने धारणा राखे ।

एक्सनएड नेपालले विश्वभर फैलिएको कोभिड–१९ महामारी तथा यसको असरबाट गरिब तथा सीमान्तकृत समुदायलाई बचाउनका लागि सचेतना अभिवृद्धिका साथै रोकथाम, राहत वितरण तथा सुरक्षा सामाग्री वितरण लगायत अन्य सामाजिक तथा आर्थिक विकाशका कार्यहरु गर्दै आइरहेकोे छ । सँस्थाले एचबिसिसि, डिएफआईडी, युनिलिभर र स्टाण्डर्ड चार्टड बैंकसँगको सहकार्यमा काठमाडौं उपत्यका, बर्दिया, डोटी, बाजुरा, सिरहा र नेपालका अन्य जिल्लाहरुमा कोभिड–१९ संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि हस्तान्तरण गरेको हो । उल्लेखित संख्याको व्यक्तिगत सुरक्षा सामाग्रीहरुमध्ये ४,००० थान मन्त्रालयले आवश्यकता अनुसार वितरण गर्ने र बाँकी रहेको ५,४५७ थान यस सँस्थाले काम गरिरहेको काठमाडौं, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लामा रहेका साझेदार सँस्था तथा स्थानीय पालिकामार्फत स्थानीय स्वास्थ्य सँस्थाकास्वास्थ्यकर्मीलाई वितरण गरिने छ ।

एक्सनएड नेपालको कार्यकारी निर्देशक सुजिता माथेमाले व्यक्तिगत सुरक्षा सामाग्रीले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रुपमा सेवा दिनका लागि सहयोग पुग्ने धारणा राखे । सुरक्षा सामाग्रीको अभावमा स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने हेतुले हामीले स्वास्थ्यकर्मीहरुलाई यो सहयोग गरेका हौं’, कार्यकारी निर्देशक माथेमाले भने । यसले यो कोरोना महामारीको बेलामा पनि महिला, बालबालिका, अपांगता भएका र ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा पाउन मद्दत गर्नेछ भन्ने विश्वास लिएका छौं, साथै उनले भने । समुदाय तथा राष्ट्रमा परेको विपतलाईदृष्टिगत गरी कोभिड–१९ का संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गर्न पाउँदा हामी हर्षित छौं र यसले केहि मात्रामा भएपनि राज्यलाई सहयोग पुर्याउछ भन्ने हाम्रो विश्वास छ ।’

एक्सनएड नेपाल कोभिड–१९ संक्रमित पहिचान तथाउपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्रीलाई सम्बन्धित स्वास्थ्यकर्मीहरुसँग पु¥याउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको साथ र सहयोगका लागि संस्था हार्दिक कृतज्ञता प्रकट गर्दछ । एक्सनएड नेपालले कोरोना संक्रमण रोकथामका लागि सचेतना अभिवृद्धि, खाद्य तथा राहत सहयोग, कोभिड रोकथाम किट वितरण मार्फत पाँच लाख भन्दा बढि जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पुर्याएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi