neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द

सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द

Nov 3rd, 2020

कास्की, १८ कात्तिक /रासस

प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उहाँको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ ।

महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीका सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ । विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित उहाँले पोखराको विकासमा पु¥याउनुभएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद केसीको यही कात्तिक १७ गते राति १० : ३० बजे ६३ वर्षका उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो । सांसद केसी पोखराका प्रतिष्ठित उद्योगीसमेत हुनुहुन्थ्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi