neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको सुन र नगद लुटपाट

करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको सुन र नगद लुटपाट

Nov 3rd, 2020

पाल्पा, कात्र्तिक १८

रामपुर नगरपालिका ८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बरारको सुनका गरगहना समेत गरी करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति लुटपाट भएको छ ।

ती महिलाको घरमा आएका ३ जना अपरिचित ब्यक्तिहरुले बिजुली बन्द गरी पानी पिउन मागेको र पानी दिने क्रममा अचानक खुकुरी देखाई कुटपिट गरी उक्त धनमाल लुटपाट गरेको बताइएको छ । कुटपिटबाट घाइते महिलाको रामपुर अस्पताल पाल्पामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi