neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जंगली बँदेल मारेको अभियोगमा पक्राउ

Nov 3rd, 2020

काठमाडौं, कात्र्तिक १८

चन्द्रागिरी नगरपालिका ४ सेतेपहराबाट जंगली बँदेल मारेको अभियोगमा ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका ९ चितलाङ बस्ने ५० वर्षीय रामदास देउला, २१ वर्षीय सरोज देउला, ४१ वर्षीय भिमदास पोडे तथा ३६ वर्षीय रामचरण पोडे र सोही नगरपालिका-२ बस्ने २२ वर्षीय राजेश देउला रहेका छन् ।

चन्द्रागिरी नगरपालिका ४ सेतेपहरा थानकोटस्थित जंगलमा जंगली बँदेल मारी ओसारपासर गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मृत अवस्थामा रहेको जंगली बँदेल बोकी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको उक्त वृत्तले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi