neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १४ जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १४ जना पक्राउ

Nov 3rd, 2020

काठमाडौं, कात्र्तिक १८

बाँकेको नेपालगंज उपमहानगरपालिका १३ किसान इँटाभट्टा नजिकबाट २२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका २ बस्ने २५ वर्षीय सागर थापा र भारत बहराईज रुपैडिया बस्ने २८ वर्षीय राकेश कुमार सोनी लगायत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ बाउन्नकोटीबाट ८ ग्राम ९ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका १४ बस्ने ३५ वर्षीय बिनोद रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका ६ बेलौरी बजारबाट करिब ५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दिनेश बोटलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । संघिय प्रहरी ईकाइ कार्यालय लागूऔषध नियन्त्रण सेल महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले यूपी ३१ एएफ ७९९० भारतीय नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त पदार्थ सहित फेला परी मोटरसाइकल चालक दिनेशलाई पक्राउ गरेको हो ।
मोरङको केराबारी गाउँपालिका३ हचुवाबाट करिब ६ सय ४० ग्राम अवैध लागूऔषघ गाँजा सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा बोकेको झोलामा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहाको धनगढिमाई नगरपालिका १४ भालुटार सखुवाचौरीस्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३७ वर्षीय बुध बहादुर तामाङलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टिबाट खटिएको प्रहरीले को.९ प २१९५ नम्बरको मोटरसाइकल जाँच गर्दा बोराभित्र लुकाई ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक तामाङलाई पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), गैडाकोट नगरपालिका १ बस्ने १९ वर्षीय सुर्य थापा मगरलाई करिब १ किलो अवैध लागौषध गाँजा सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले आफ्नै घरमा लागूऔषध गाँजाको कारोवार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

स्याङजाको आँधिखोला गाउँपालिका ४ लप्सिबोट बस्ने ४० वर्षीया मिना लामिछानेलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । मिनाले आफ्नै घरबाट गाँजा बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी चिलाउनेबासबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै गाँजा किन्न आउने सोही गाउँपालिका २ मडुवा बस्ने ५ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi