neapl investment mega bank

आज पनि घट्यो नेप्से

Nov 2nd, 2020

काठमाडौ, कात्र्तिक १७

नेप्से आज सोमबार पनि घटेको छ । आज नेप्से तीन दसमलव ३.३ अंकले घटेर १६ सय ३७ दसमलव ६३ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव १७ अंकले घटेर तीन सय २५ दसमलव ४६ अंकमा झरेको छ । एक सय ९७ कम्पनीहरुको ३४ हजार चार सय ५३ पटकको कारोवारमा ६९ लाख ३७ हजार चार सय ५४ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ४५ करोड ३९ लाख ५४ हजार छ सय ८८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंंदा चार वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ६२ अंकले घटेर १३ सय १४ दसमलव ७५ अंकमा झर्दा बिकास बैंक, जीवन बीमा र अन्य समुहको सुचक पनि घटेकाछन । जलबिद्युुत, जीवन बीमा, फाईनान्स लघुुबित्त टे«डिङ, होटल, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने प्राईम कर्मसियल बैंक परेको छ ।