neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा थपिए १६३० जना कोरोना संक्रमित

उपत्यकामा थपिए १६३० जना कोरोना संक्रमित

Nov 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १७ कात्तिक

सोमबार काठमाडौंमा उपत्यकामा थप १ हजार ६३० जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार ६३० जनाको पिसिआर पोजेटिभ आएको हो । जसमा ७०२ जना महिला तथा ९२८ जना पुरुष रहेका छन् ।यसअघि आइतबार उपत्यकामा १ हजार ६२२ सङ्क्रमित थपिएका थिए।

अहिले उपत्यकामा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ४३९ छ। जसमा काठमाडौंका १६ हजार ११८ जना, ललितपुरका २ हजार २८८ र भक्तपुरका १ हजार ३३ जना रहेका छन् ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ। सोमबार मात्रै २४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi