आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक १७
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या १२ लाख ५ हजार नागेको छ ।
नेपाली समय सोमबार १:०० बजे सम्म विश्वभरीमा ४ करोड ६८ लाख ३४ हजार ४९७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने हालसम्म विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १२ लाख ५ हजार ४३२ व्यक्तिको मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये हालसम्म ३ करोड ३७ लाख ६२ हजार २१६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड १८ लाख ६६ हजार ८४९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ८५ हजार ३४० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ९४ लाख ७४ हजार ८४५ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ३६ हजार ४७३ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ८२ लाख २९ हजार ३२२ जना सङ्क्रमित भएका छन् भने १ लाख २२ हजार ६४२ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५५ लाख ४५ हजार ७०५ जना सङ्क्रमित भएका छन् भने एक लाख ६० हजार १०४ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर