काठमाडौ, कात्र्तिक १६
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सात वटा व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १० देखि ३० प्रतिसतसम्म छुुट पाउनेछन ।
सो अनुसार त्रिपुरेश्वरस्थि ब्लुु क्रस अस्पतालको स्वास्थ सेवामा १० प्रतिसत, धुलिखेल माउन्टेन रिर्सोटमा १० प्रतिसत, स्तुपा रिर्सोट नगरकोटमा १५ प्रतिसत, जम्बाला रिर्सोट खोटाङमा १५ प्रतिसत, ल्याण्डमार्क होटल काठमाडौ, पोखरा र चितवनमा १५ प्रतिसत, ओडान ग्रुुप अफ कम्पनी काठमाडौ अन्र्तगतको रेष्टुरेन्टमा १५ प्रतिसत र देव कर्नर ज्वेलरी काठमाडौमा ३० प्रतिसतसम्म छुुट पाउने बैंकले जानकारी दिएको छ ।
यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा यि सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।