neapl investment mega bank
  • गृहपृष्ठ
  • आइतबार थपिए २८२४ जना कोरोना सङ्क्रमित , ३६२० डिस्चार्ज

आइतबार थपिए २८२४ जना कोरोना सङ्क्रमित , ३६२० डिस्चार्ज

Nov 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १६ कात्तिक

आइतबार थप २८२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार २३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार २३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २ हजार ३८६ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ छ। जसमा संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना रहेका छन् भने होम आइसोलेसनमा ३० हजार ९८६ जनाको उपचार भइरहेको छ।

थप ३६२० जना डिस्चार्ज

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर ७७.७ प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टामा ३६२० जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ३६२० जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ। आइतबार मात्रै २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।