neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा थपिए १६२२ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १६२२ जना कोरोना संक्रमित

Nov 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १६ कात्तिक

आइतबार काठमाडौंमा उपत्यकामा थप १ हजार ६२२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार ६२२ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १ हजार ३६२ जना, ललितपुरका १६४ र भक्तपुरका ९६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि शनिबार उपत्यकामा १ हजार ३५७ सङ्क्रमित थपिएका थिए।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ। आइतबार मात्रै २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi