आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक १६
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड ६४ लाख नाघेको छ ।
नेपाली समय आइतबार १२:३० बजे सम्म विश्वभरीमा चार करोड ६४ लाख ४ हजार ६१४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म तीन करोड ३४ लाख ९० हजार ९३६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड १७ लाख १३ हजार १४१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ८४ हजार २५० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १२ लाख ५३७ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ९४ लाख २ हजार ५९० पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ३६ हजार ७२ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ८१ लाख ८४ हजार ८२ जना सङ्क्रमित भएका छन् भने १ लाख २२ हजार १४९ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५५ लाख ३५ हजार ६०५ जना सङ्क्रमित भएका छन् भने एक लाख ५९ हजार ९०२ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर