neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

Nov 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १६ कात्तिक

लिभरपुल ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह र डिएगो जोटाले एक-एक गोल गरे । वेस्ट ह्यामको पाब्लो फोर्नल्सले एक गोल गरे ।

खेलमा पहिलो अग्रता वेस्ट ह्यामलेनै लिएको थियोे ।खेलको दशौं मिनेटमा वेस्ट ह्यामका पाब्लो फोर्नल्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ४२ औं मिनेटमा मोहम्मद सालाहले पेनाल्टीमा गोल गरेपछि खेल १-१ को बराबरीमा आएको थियो ।

दोस्रो हाफको ८५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै टोलीलाई २–१ को जित दिलाए । जोटाले सो गोल जर्दान साकिरीको पासमा गरेका हुन् ।

जितसँगै लिभरपुलले ७ खेलबाट १६ अंक छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित वेस्ट ह्याम ८ अंक सहित १३ औं स्थानमा छ ।दोस्रो स्थानको एभरटनको ६ खेलबाट १३ अंक छ।

लिगको अर्को खेलमा चेल्सीले वर्नलीलाई ३-० गोलले पराजित गरेको छ ।

चेल्सीलाई जित दिलाउन हाकिम जीच , कर्ट जुमा र टिमो वेर्नेरले एक एक गोल गरे ।

खेलको २६ औं मिनेटमा हाकिम जीचले गोल गर्दै टोलीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६३ औं मिनेटमा कर्ट जुमाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।त्यसपछि टिमो वेर्नेरले खेलको ७० औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।

जितसँगै चेल्सीले ७ खेलबाट १२ अंक जोडेको छ र चौथो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा उक्लिएको लिभरपुलको ७ खेलबाट १६ अंक छ । दोस्रो स्थानको एभरटनको ६ खेलबाट १३ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi