neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अवैध लागूऔषध गाँजा सहित आठ जना पक्राउ

Oct 31st, 2020

काठमाडौं, कात्र्तिक १५

काठमाडौं महानगरपालिका २६ गोंगबु पवित्रनगरबाट १० किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गल्छी घर भएका २५ बर्षीय ईश्वर थापा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिणामको लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै उनीहरुले प्रयोग गरेको बा.९० प ६२८९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका १० देबधारबाट १ किलो ३ सय ६५ ग्राम लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ७२ बर्षीय सबुरलाल चौधरी समेत ५ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । चौधरीले लागूऔषध गाँजा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरी समेत खरिद गर्न आएका सोही ठाउँ बस्ने सुरेन्द्र दनुवार लगायत ५ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi