मोरङ, कात्र्तिक १५
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट कार्तिक १४ गते एपएिफ टोलीले करीब तीन लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।