neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा थपिए १३ सय ५७ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १३ सय ५७ जना कोरोना संक्रमित

Oct 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १५ कात्तिक

शनिबार काठमाडौं उपत्यकामा थप १३ सय ५७ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १३ सय ५७ जनाको पिसिआर पोजेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ।जसमा ५६९ जना महिला तथा ७८८ जना पुरुष रहेका छन् । यसअघि शुक्रबार उपत्यकामा १८ सय ८८ सङ्क्रमित थपिएका थिए।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ। शनिबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi