neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अब यात्रुवाहक सवारीसाधनमा भाडा लिष्ट नटाँसे कारबाही

अब यात्रुवाहक सवारीसाधनमा भाडा लिष्ट नटाँसे कारबाही

Oct 31st, 2020

काठमाडौ, कात्र्तिक १५

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ ।

हिजो शुक्रवार देखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमाटाँसेको महाशाखाले जनाएको छ भने आज शनिवार पनि उक्त अभियानलाई निरन्तरता दिईरहेको छ ।
सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए । उनले सवारीसाधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने जानकारी पनि दिए ।

यात्रुवाहक सवारीसाधनले प्रचलित तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको भन्दै काठमाडौ उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए । सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै महाशाखाले ठूलो आवाज तथा मोडिफाई गर्ने, हर्न बजाउने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने लगाएत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन उपर पनि कडाईका साथ कारवाही अभियान मार्फत कारवाही गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi