neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको क्रेडिट कार्ड अब अनलाईनबाट नै

सिद्धार्थ बैंकको क्रेडिट कार्ड अब अनलाईनबाट नै

Oct 30th, 2020

काठमाडौ, कात्र्तिक १४

सिद्घार्थ बैंकको क्रेडिट कार्डको लागि अब अनलाईनबाटै आवेदन दिन सकिने भएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कात्र्तिक १३ गते बिहिबारदेखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको हो ।

यो व्यवस्थापछि अब क्रेडिट कार्डका लागि ग्राहकहरुले भौतिकरुपमा बंैकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहजरुपमा अनलाईनमार्फत आवेदन दिनसक्नेछन ।आवेदन दिएपश्चात क्रेडिट कार्ड स्वीकृत गर्नु पूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्र्पक गर्न सक्नेछ । साथै, कार्ड तयार भईसकेपश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन ।

बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।