neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युरोपा लिग फुटबलमा टोटेनहम पराजित

Oct 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ कात्तिक

युरोपा लिग फुटबलमा रोयल एन्टवर्पसंग टोटेनहम पराजित भएको छ ।

बिहिबार राति भएको खेलमा रोयल  एन्टवर्पले टोटेनहमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रोयल एन्टवर्पलाई जित दिलाउन लियोर रेफेलोवले २९ औं मिनेटमा विजयी गोल गरे ।

जितसंगै समूह “जे”मा रहेको रोयल एन्टवर्पले २ खेलबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित टोटेनहमको ३ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi