neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिए

Oct 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १२ कात्तिक

बुधवार काठमाडौंमा उपत्यकामा थप ८४३ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ८४३ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि मंगलबार उपत्यकामा २५२ सङ्क्रमित थपिएका थिए।

नेपालमा बुधवार थप १९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा २९८१ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ। बुधवार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।