आधारभूमि संवाददाता
काठमाडौँ, १२ कात्तिक
बुधवार थप १९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ८ हजार २४८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार २४८ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २ हजार ८८९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ। जसमा संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना रहेका छन् भने होम आइसोलेसनमा ३१ हजार ९३४ जनाको उपचार भइरहेको छ। हालसम्म १४ लाख ९ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप २९८१ जना डिस्चार्ज
मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७५ प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टामा २९८१ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट २९८१ जना डिस्चार्ज भएको बताए ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ। बुधवार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।