neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

हारबाट जोगियो रियल मड्रिड

Oct 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १२ कात्तिक

युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग  रियल मड्रिड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिडलाई बोरुसिया
मोन्चेनग्लाडबाकले २-२ गोलको बराबरीमा रोकेको हो ।

खेलमा रियल मड्रिडको लागि करिम बेन्जिमा र कासिमिरोले एक गोल गरे भने बोरुसियाको लागि मार्कुस थुरामले दुई गोल गरेका थिए।

खेलमा पहिलो अग्रता बोरुसियालेनै लिएको थियो। खेलको ३३ औँ मिनेटमा बोरुसियाका मार्कुस थुरामले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५८ औं मिनेटमा मार्कुस थुरामले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ८७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई २-१ अवस्थामा ल्याए ।त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट बचाए।

बराबरीसँगै समूह (बी) मा रहेको रियलले २ खेलबाट १ अंक जोडेको छ । बोरुसियाले २ खेलबाट २ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi