neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बायर्न म्युनिखको अपराजित यात्रालाई कायमै

बायर्न म्युनिखको अपराजित यात्रालाई कायमै

Oct 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १२ कात्तिक

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। मंगलबार राति भएको खेलमा बायर्नले लोकोमोटिभ मस्कोलाई २–१ गोलले पराजित गरेको हो ।

बायर्नको जितमा लियोन गोत्र्जकाले र जोशुआ किमिचले एक-एक गोल गरे ।बायर्नले एक गोल पहिलो हाफमा र अर्को गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १३ औँ मिनेटमा लियोन गोत्र्जकाले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ७० औं मिनेटमा लोकोमोटिभ मस्कोका एन्टोन मिरानचुकले गोल गरेपछि खेल १-१ को बराबरीमा आएको थियो ।त्यसपछि ७९ औं मिनेटमा जोशुआ किमिचले गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।

जितसँगै च्याम्पियन्स लिगको समूह एमा रहेको बायर्नले ६ अंक जोडेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi