neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे कार्तिक १९ गते नेपाल आउने

भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे कार्तिक १९ गते नेपाल आउने

Oct 27th, 2020

काठमाडौ, कात्र्तिक ११

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे मिति २०७७ कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउने भएकाछन ।

सेनाका अनुसार यही कात्र्तिक १९ गतेबाट २१ गतेसम्म तदानुसार ४ देखि ६ नोभेम्बरसम्म हुने तिन दिवसिय भ्रमणका दौरान जनरल नरवणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मुख्य अंशको रुपमा नेपाली सेना र भारतीय सेना विचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले एक विशेष समारोह विच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुनेछ भने वहाँले सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग समेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।