आधारभूमि संवाददाता
काठमाडौँ, ९ कात्तिक
आइतबार काठमाडौं उपत्यकामा थप १५३५ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १५३५ जनाको पिसिआर पोजेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ।जसमा ६२९ जना महिला तथा ९०६ जना पुरुष रहेका छन् । यसअघि शनिबार उपत्यकामा १ हजार ११० सङ्क्रमित थपिएका थिए।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ। आइतबार मात्रै ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।