neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघ्यो

Oct 25th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक ९

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको छ ।

नेपाली समय आइतबार १२:०० बजे सम्म विश्वभरीमा चार करोड २९ लाख ४६ हजार ४४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म तीन करोड १६ लाख ७३ हजार ११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड १ लाख १८ हजार ५७३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७२ हजार २७४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ११ लाख ५४ हजार ८६२ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८८ लाख २७ हजार ९३२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ३० हजार ६८ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ७८ लाख ६४ हजार ८११ जना सङ्क्रमित भएका छन् भने १ लाख १८ हजार ५६७ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५३ लाख ८१ हजार २२४ जना सङ्क्रमित भएका छन् भने एक लाख ५६ हजार ९२६ जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर