neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पुराना कम्युनिस्ट नेता मैनालीको निधन

Oct 25th, 2020

झापा, ९ कात्तिक /रासस

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन भएको हो । उहाँलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो ।

प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो । पछि बहुदल आएपछि उहाँलाई सिरहा जेलबाट रिहा गरिएको थियो । उहाँ २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो । कम्युनिस्ट विचारधाराका निष्ठावान नेता मैनाली नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टीमाझ प्रिय हुनुहुन्थ्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi