neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा १११० जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १११० जना कोरोना संक्रमित थपिए

Oct 24th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, ८ कात्तिक

शनिबार काठमाडौं उपत्यकामा थप १११० जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १११० जनाको पिसिआर पोजेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ।

नयाँ संक्रमितमा काठमाडौंका ८३२ जना, ललितपुरका १७६ र भक्तपुरका १०२ जना रहेका छन् । जसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । यसअघि शुक्रबार उपत्यकामा २ हजार ७२० सङ्क्रमित थपिएका थिए।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ। शनिबार मात्रै १३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi