neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा २७२० जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २७२० जना कोरोना संक्रमित थपिए

Oct 23rd, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, ७ कात्तिक

शुक्रबार काठमाडौंमा उपत्यकामा थप २७२० जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २७२० जनाको पिसिआर पोजेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ।

जसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् । यसअघि बिहीबार उपत्यकामा १ हजार ५५२ सङ्क्रमित थपिएका थिए।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८२९ पुगेको छ। शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi