काठमाडौ, कात्र्तिक ६
गोर्खा इको प्यानलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ईन्जिनियर सुरेश कवाँंलाई नियुक्त गरिएको छ । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको बिहीबार सम्पन्न छैटौं वार्षिकोत्सबले कवाँंलाई नयाँं सीईओ नियुक्त गरेको हो ।
कोरोना महामारीलाई मध्यनजर गरी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको नियमको परिपालना गरी सामाजिक दुरी कायम गरी वार्षिकोत्सव सम्पन्न गरिएको हो । वार्षिकोत्सवको अवसरमा कारखानामा पूजाआजा पनि गरिएको थियो ।
वार्षिकोत्सवले कार्य सञ्चालक समिति पनि गठन गरिएको छ । सञ्चालक समितिको अध्यक्षमा भक्तपुर नगरपालिका वडा नं ७ का विश्वराम कवाँं अध्यक्ष चुनिएका छन् ।
कार्यक्रममा नवनियुक्त सीईओ कवाँंलाई हार्दिक वधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा अध्यक्ष कवाँंले विजया दशमी, शुभ दीपावलीको सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरे ।