neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • क्रिस्टियानो रोनाल्डोको दोस्रो रिपोर्ट पनि पोजेटिभ ,बार्सिलोनासँगको खेल गुमाउने

क्रिस्टियानो रोनाल्डोको दोस्रो रिपोर्ट पनि पोजेटिभ ,बार्सिलोनासँगको खेल गुमाउने

Oct 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ६ कात्तिक

पोर्चुगलका कप्तान तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाउने भएका छन् ।

युभेन्ट्सले आगामी बुधबार च्याम्पियन्स लिग अन्तर्गत दोस्रो खेलमा बार्सिलोनासँग भिड्दै छ ।युइएफएको ‘कोरोना प्रोटोकल’ अनुसार कुनै पनि संक्रमित खेलाडीको रिपोर्ट खेल खेल्ने दिनभन्दा एक हप्ता अघिनै नेगेटिभ हुनुपर्छ ।

पोर्चुगल फुटबल महासंघले गत अक्टोबर १३ मा विज्ञप्ति जारी गर्दै रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको घोषणा गरेको थियो।रोनाल्डोलाई कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ अवस्था ठिक रहेको थियो।

मंगलबार राति मात्र युरोपियन च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा युभेन्टसले डाइनामो किभलाई २-० गोलले पराजित गरेको थियो।समूह जीमा रहेको युभेन्ट्सले ३ अंक जोडेको छ र दोस्रो स्थानमा छ। ।बार्सिलोना ३ अंकसहित शीर्ष स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi