neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा १ हजार ५५२ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १ हजार ५५२ जना कोरोना संक्रमित थपिए

Oct 22nd, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, ६ कात्तिक

बिहीबार काठमाडौंमा उपत्यकामा थप १ हजार ५५२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार ५५२ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १२८३ जना, ललितपुरका १५७ र भक्तपुरका ११२ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बुधवार उपत्यकामा ३ हजार १०७ सङ्क्रमित थपिएका थिए।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१२  पुगेको छ। बिहीबार मात्रै २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi