neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

थप ३६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

Oct 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ६ कात्तिक

बिहीबार थप ३६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार २५५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २० हजार ११८ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ३ हजार ७५१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ छ। जसमा संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा ३१ हजार ५३८ जनाको उपचार भइरहेको छ।हालसम्म १३ लाख ५० हजार १५२ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ३२१५ जना डिस्चार्ज

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर ६९.२ प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टामा ३२१५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ३२१५ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १ लाख २ हजार ८२० पुगेको छ ।