neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्व मन्त्री गोकुल बाँस्कोटालाई कोरोना सङ्क्रमण पुष्टि

पूर्व मन्त्री गोकुल बाँस्कोटालाई कोरोना सङ्क्रमण पुष्टि

Oct 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौ, कात्र्तिक ६

पूर्व मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)का सांसद गोकुल बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले ट्वीटर मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।आफू र श्रीमतीलाई कोरोना देखिए पनि दुई छोरालाई भने कोरोना नेगेटिभ देखिएको उनले बताएका छन्।

उनले आफूलाई लक्षणबिनै संक्रमण देखिएको जनाएका छन् । उनले आफूले पछिल्लो दश दिन यता कसैलाई पनि नभेटेको पनि जनाएका छन् ।