आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक ६
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड १४ लाख नाघेको छ ।
नेपाली समय बिहीबार १:०० बजे सम्म विश्वभरीमा चार करोड १४ लाख ९९ हजार १७४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म तीन करोड ९ लाख १८ हजार ४१९ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ९४ लाख ४४ हजार २३५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७४ हजार १५१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ११ लाख ३६ हजार ५२० व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८५ लाख ८४ हजार ८५० पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २७ हजार ४०९ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ७७ लाख ६ हजार ९४६ जना सङ्क्रमित भएका छन् भने १ लाख १६ हजार ६५३ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५३ लाख ६४९ जना सङ्क्रमित भएका छन् भने एक लाख ५५ हजार ४५९ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर