काठमाडौ, कात्र्तिक ६
कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ । बैकको बुुधबार बसेको संचालक समितिको ७८ औं बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिसत बोनस शेयर तथा चार प्रतिसत नगद लाभांश दिने प्रस्ताव पारित भएको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि लागू हुनेछ । विगत २० वर्षदेखि आफ्ना देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिंग इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवा दिदै आएको बैंकको निक्षेप एक खर्ब २२ अर्ब र कर्जा लगानी एक खर्ब १५ अर्ब रुपैयाँ पुगेको बैकले जानकारी दिएको छ ।