neapl investment mega bank
  • गृहपृष्ठ
  • देशको बर्तमान आर्थिक अवस्था सम्वन्धी दुई महिनाको प्रतिवेदन सार्वजनिक

देशको बर्तमान आर्थिक अवस्था सम्वन्धी दुई महिनाको प्रतिवेदन सार्वजनिक

Oct 21st, 2020

काठमाडौ, कात्र्तिक ५

नेपाल राष्ट्र बैंकले देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी दुुई महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । आज बुुधबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई रु.२० अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यक/आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुलवस्तु आयात २२.१ प्रतिशतले घटेर रु.१७८ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेकोे छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्पm नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । ज्ञण्।आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तोघाटामा २४.९ प्रतिशतले कमी आईरु.१५८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।