neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पूर्व मन्त्री गोकुल बाँस्कोटाको मुद्दा तामेलीमा, अख्तियारले सफाई दिने आशंका

पूर्व मन्त्री गोकुल बाँस्कोटाको मुद्दा तामेलीमा, अख्तियारले सफाई दिने आशंका

Oct 21st, 2020

आधारभूमि संवाददाता

काठमाण्डौं,५ कात्तिक

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले खेप्दै आएको भ्रष्टाचारको मुद्दामा पर्याप्त प्रमाण नपुगेकोले फैसला हुन सकेको छैन ।

अख्तियारले उनको मुद्दालाइ तामेलीमा राखेको छ। अख्तियारको सो निर्णय पछि उनले सफाइ पाउने आँकलन गरिएको छ ।

त्यसो त बाँस्कोटाले पनि आफूले कुनै भ्रष्टाचार नगरेको दावी गर्दै आएका छन् ।

उनको बयानलाई आधार मानेर अख्तियारले पनि मुद्दामा तामेली मा राखेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ ।

अख्तियारले संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै बाँस्कोटाको विषयमा थप छानबिन गर्न पर्याप्त प्रमाण नपुग्ने जनाएको हो ।

आयोगले पूर्वमन्त्री बाँस्कोटा र विजयकुमार मिश्रबीच भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको गरेको थियो ।

तर घुस लिएको आधार र यथेष्ट प्रमाण कतै नभेटिएकाले थप अनुसन्धान गर्न नसकिएको भन्दै अख्तियारले छिनोफानो पकृया अधि नबढ्ने बताएको हो ।

आयोगले पूर्वमन्त्री बाँस्कोटासँग भने बयान लिइसकेको छ । अख्तियारको बयानमा बाँस्कोटाले आफूले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस नलिएको बताएका छन् ।

त्यस्तै थप अनुसन्धानका लागि वास्तविक कन्टेनसहितको विवरण आवश्यक भएकाले विजय मिश्रसँग जवाफ मागेको थियो । उनले जवाफ बुझाउन नसकेको आयोगको दाबी छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi